नबिल र बंगलादेश बैंकको स्वाप रेसियो टुंगो लाग्यो

काठमाडौं । बिग मर्जरमा जान लागेका नबिल र नेपाल बंगलादेश बैंकको सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) टुंगो लागेको छ । दुवै बैंककोे प्रतिनिधि रहेको संयुक्त मर्जर समितिले स्वाप रेसियो टुंग्याएको हो ।

 

संयुक्त मर्जर समितिले नबिल र बंगलादेशको स्वाप रेसियो १००:४३ प्रतिशत निर्धारण गरेको छ । सो अनुसार बंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले नबिल बैंकको ४३ कित्ता सेयर पाउने छन् ।

 

यसअघि नै नबिल बैंक र बंगलादेश  बैंकबीच गाभ्ने/गाभिने सम्बन्धी अनौपचारिक सहमति भइसेको छ भने दुवै बैंकले मर्जर समितसमेत गठन गरेका छन् । नबिलले उदयकृष्ण उपाध्याय र एनबी बैंकले इन्द्रबहादुर थापाको नेतृत्वमा मर्जर समित बनाएको छ ।

 

बंगलादेश बैंकको मुख्य सेयरधनी बंगलादेशको आइएफआइसी बैंकको ४१ प्रतिशत सेयर नबिलका मुख्य साझेदार चौधरी समूहले खरिद गर्ने दुवै पक्षबीच सम्झौता भइसकेको छ । यद्यपि, अदालतले भने चौधरीलाई उक्त सेयर किन्न रोक लगाएको छ । अदालतको आदेशसँगै अब मर्जर प्रक्रिया के हुन्छ भन्ने अन्योलमा परेको छ ।

चालु वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने Read Previous

चालु वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने

आइएफआइसीको बंगलादेश बैंकको सेयर चौधरी गु्रपलाई नबेच्न अदालतको आदेश Read Next

आइएफआइसीको बंगलादेश बैंकको सेयर चौधरी गु्रपलाई नबेच्न अदालतको आदेश