हिमालयन बैंकको शाखा कञ्चनपुरको महेन्द्रनगरमा

काठमाडौं । हिमालयन बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिका–६, चम्मनचोकमा संचालनमा ल्याएको छ ।

 

बैंकले सोमबारदेखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको हो । बैंकले उक्त शाखाबाट ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउनेछ ।

 

महेन्द्रनगरका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार सुरु गरेको छ । बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुरपश्चिम प्रदेशको आठौं शाखा हो ।

 

महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए ।

 

बैंकले हाल देशभरका ७४ शाखा कार्यालय, ५ विस्तारित काउन्टर र १४८ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

देशका ८ ठाउँमा खनिज अध्ययन तथा उत्खननका लागि अनुमति, यी ठाउँमा हुँदैछ उत्खनन Read Previous

देशका ८ ठाउँमा खनिज अध्ययन तथा उत्खननका लागि अनुमति, यी ठाउँमा हुँदैछ उत्खनन

चीनको दोस्रो ठूलो रियलस्टेट कम्पनीलाई ३९ वटा ठूला भवन भत्काउन निर्देशन, साढे १५ खर्ब डुब्ने Read Next

चीनको दोस्रो ठूलो रियलस्टेट कम्पनीलाई ३९ वटा ठूला भवन भत्काउन निर्देशन, साढे १५ खर्ब डुब्ने