चीनको दोस्रो ठूलो रियलस्टेट कम्पनीलाई ३९ वटा ठूला भवन भत्काउन निर्देशन, साढे १५ खर्ब डुब्ने

काठमाडौं । लामो समयदेखि विवादमा रहँदै आएको चीनको एभरग्रान्डे रियल स्टेट कम्पनीलाई चीन सरकारले एक रिसोर्टका ३९ भवनहरु भत्काउन आदेश दिएको छ । ती भवनहरुको स्वीकृति अवैध तरिकाले प्राप्त गरिएको अभियोगमा आधिकारिक निकायले यस्तो निर्देशन दिएको बताइएको छ ।

 

कम्पनीले यो खबरलाई स्वीकार गरिसकेको छ तर त्यही परियोजना मार्फत निर्माण गरिएका अन्य भवनहरु चाहिँ यसबाट प्रभावित नभएको दाबी पनि गरेको छ । उक्त रिसोर्टमा निर्मित भवनका झन्डै ६१ हजार घर मालिक छन् ।

 

ती ३९ भवनहरु एभरग्रान्डेको ओसन फ्लावर प्रोजेक्ट अन्तर्गत रहेको थियो जसमा कम्पनीले पछिल्लो ६ वर्षमा झन्डै १३ अर्ब डलर ( साढे १५ खर्ब रुपैयाँ)लगानी गरेको हो ।

 

एभरग्रान्डे चीनको दोस्रो सबैभन्दा ठूलो सम्पति निर्माता कम्पनी हो । तरपनि पछिल्ला केही महिनाहरुमा यसले ऋण तिर्न संघर्ष गर्नुपरिरहेको देखिएको छ । कम्पनीका निर्देशक छु जिआयिनले यसअघि कम्पनीको भर्पाइ गर्न आफ्नो व्यक्तिगत सम्पति बेचिरहेको खबर गरिएको थियो ।

 

विज्ञहरुले लामो समय अगाडिदेखि नै एभरग्रान्डे कम्पनी पतन हुनुले चीनको सम्पति बजारमा ठूलो जोखिम पैदा गर्ने चेतावनी दिँदै आएका छन् ।

 

यसले घर मालिकहरुका साथै वित्तीय प्रणालीमा पनि धेरै ठूलो क्षति पुर्याउन सक्ने बताइएको छ । यसअघि अमेरिकाको फेडेरल रिजर्भले चिनियाँ घर जग्गा उद्योगमा क्षति पुग्नुले विश्वव्यापी अर्थतन्त्रमै असर पार्न सक्ने चेतावनी दिएको थियो । -सीएनएन

हिमालयन बैंकको शाखा कञ्चनपुरको महेन्द्रनगरमा Read Previous

हिमालयन बैंकको शाखा कञ्चनपुरको महेन्द्रनगरमा

नेप्सेमा लगातार उछाल, यी हुन् धेरै मूल्य बढ्ने १६ कम्पनी Read Next

नेप्सेमा लगातार उछाल, यी हुन् धेरै मूल्य बढ्ने १६ कम्पनी