अब बैंक र कर कार्यालयमा एउटै वित्तीय विवरण बुझाउनु पर्ने, फरक परेमा ऋण नपाइने

काठमाडौं । अबदेखि व्यावसायीले बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण प्राप्त गर्न बैंकमा र कर कार्यालयमा बुझाएको वित्तीय विवरण एउटै भएमा मात्र ऋण पाउने भएका छन् ।

 

व्यवसायीले कर्जा लिने क्रममा बैंकलाई नाफाको विवरण बुझाउने र सरकारलाई राजश्व बुझाउँदा घाटाको विवरण प्रस्तुत गरेको पाइए पछि नेपाल राष्ट्र बैंकले उक्त गतिविधिलाई नियन्त्रण गर्न नयाँ व्यवस्था लागू गरेको छ ।

 

राष्ट्र बैंकले कर कार्यालयमा बुझाएको वित्तीय विवरणसँग रुजु गरेर मात्र व्यवसायीहरुलाई ऋण प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । अर्थमन्त्रालय राजश्व व्यवस्थापन महाशाखाको अनुरोधपछि राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

 

राष्ट्र बैंकका अनुसार व्यवसायीहरुले आन्तरिक राजश्व विभागको एकिकृत कर प्रणालीमा समावेश गरिएको ऋण लिन चाहेको व्यक्तिले भर्नु पर्ने वित्तीय विवरणसँग सबन्धित सूचना र त्यसको विवरणको आधारमा स्वीकृत ऋण रकम र मिति अनिवार्य रुपमा प्रविष्ट गर्नु पर्नेछ । कर कार्यालयमा बुझाएको र बैंकमा पेश गरेको वित्तीय विवरण एउटै भएमात्र ऋण पाइने व्यवस्था गरिएको हो ।

 

कर्णालीका किसान सामूहिक खेतीतर्फ आकर्षित, मार्सी धान फल्ने खेतमा तरकारी खेती Read Previous

कर्णालीका किसान सामूहिक खेतीतर्फ आकर्षित, मार्सी धान फल्ने खेतमा तरकारी खेती

‘ठाकुर’हरुको कपाल काट्ने पसल र ‘अबिशेक’हरुको कफि पसल Read Next

‘ठाकुर’हरुको कपाल काट्ने पसल र ‘अबिशेक’हरुको कफि पसल