काठमाडौं । हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ सम्पन्न भएको छ । पुस २३ र २४ गते रोयल नेपाल गल्फ कोर्स, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गल्फ प्रतियोगिता सम्पन्न भएको हो ।
सु-सस्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा संचालन भएको उक्त प्रतियोगितामा एआइजी हरिबहादुर पालले उपाधी जिते । पाल ४० अंकका साथ प्रथम भएका हुन् । त्यस्तै, ३७ अंकका साथ मेजर जेनेरल विजय मोक्तनले दोस्रो पुरस्कार हात पार्न सफल भए ।
त्यसैगरी, महिला तर्फबाट श्रीमती तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम भइन् भने सिनियरतर्फको उपाधि मेजर जनरल कमल सिंह प्रधानले ३४ अंक सहित जितिन् । विभिन्न विधामा सम्पन्न भएको उक्त प्रतियोगितामा हिमालयन बैंक परिवारका तर्फबाट जयन्द्र विक्रम शाहले ३१ अंकका साथ उपाधि जित्न सफल भए ।
यसरी नै पुरुष जुनियर तर्फबाट टासी शेर्पाले २५ अंकका साथ विजयी भए भने महिला जुनियरको उपाधि अन्भद्या मल्लले जितिन् । त्यसैगरी जुनियर लंगेष्ट ड्राइभको उपाधि जयवीर आर्चायले जिते भने जुनियर क्लोजेष्ट टु द पीन इदान्त सिंह साउडले जिते ।
बैंकले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता थियो । पुरस्कार वितरण समारोहमा बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत त्था संचालक विजय बहादुर श्रेष्ठले बैंकले विगतदेखि नै देशमा गल्फ लगायत अन्य खेलकुदको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको र भविष्यमा पनि गरिरहने बताए ।