मापदण्ड पालना गरी व्यवसाय निरन्तर चलाउन दिन पर्यटन व्यवसायीको माग

काठमाडौं । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएसँगै व्यवसायीहरुले स्वास्थ्य मापदण्डसहित व्यापार व्यवसाय निरन्तर चलायमान राख्न माग गरेका छन् ।

 

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्टस् (नाटा) का अध्यक्ष अचुत शर्मा गुरागाईंले अब लकडाउन भए व्यवसाय पूरै मर्ने भएकाले यसलाई स्वास्थ्य सुरक्षा मापदण्ड पादना गरी निरन्तर चलायमान राख्न आग्रह गरे । उनले कोभिड विरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए ।

 

‘व्यवसायीलाई मार्न भएन, अबको समयमा कोभिड लाइफलाई अप्नाउदै, सुरक्षा मापदण्ड अपनाउँदै भए पनि व्यवसाय निरन्तर चल्न दिनुपर्छ, अब लकडाउन भए व्यवसाय मर्छ,’ अध्यक्ष गुरागाईंले भने ।

 

यस्तै पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्थालाई हेरेर पर्यटन बोर्डले बजार रणनीति परिवर्तन गर्न सुझाव दिए । एक्सपिडिसन अपरेटर एशोसिएसनका अध्यष तथा पर्यटन व्यवसायी डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालका मापदण्ड बनाउनु पर्ने बताए ।

 

निजी क्षेत्रका संस्था तथा पर्यटन व्यवसायीहरुले स्वास्थ्य मापदण्डहरुको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनु पर्ने सुझाव दिएका थिए । कोरोना संक्रमण भन्दै हठात लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशायी भएको भन्दै त्यस्ता निर्णय नलिन सरकारसँग आग्रह समेत गरेका छन् । उनीहरुले संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने, तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलाउनु पर्ने बताए ।

 

पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले विगतमा कोभिडको संक्रमण र सीमित स्रोत र साधनको बीचमा पनि बोर्डले विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिए ।

 

संचालनमा आयो देशकै ठूलो चार्जिङ स्टेशन, एकैपटक १६ वटा गाडी चार्ज गर्न मिल्ने Read Previous

संचालनमा आयो देशकै ठूलो चार्जिङ स्टेशन, एकैपटक १६ वटा गाडी चार्ज गर्न मिल्ने

एसियन लाइफ इन्स्योरेन्सको लाभांश स्वीकृत, बोनस र नगद कति ? Read Next

एसियन लाइफ इन्स्योरेन्सको लाभांश स्वीकृत, बोनस र नगद कति ?