संचालनमा आयो देशकै ठूलो चार्जिङ स्टेशन, एकैपटक १६ वटा गाडी चार्ज गर्न मिल्ने

काठमाडौं । लुम्बिनीमा निर्माण भइरहेको चार्जिङ स्टेनशको परीक्षण सफल भएको छ । यहाँ चार्जिङ स्टेशन निर्माण मात्रै भएको छैन, सोलारबाट त्यसको लागि आवश्यक विद्युत उत्पादन पनि भएको छ । यी दुवै संरचनाको परीक्षण सफल भएसँगै संचालनमा आएको हो ।

 

तयार भएको चार्जिङ स्टेशनमा ठूला बस, कार तथा इलेक्ट्रीक अटो रिक्सा पनि चार्ज गर्ने व्यवस्था गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

 

यहाँ लगाइएको सोलार प्लान्टले १५४ किलोवाट विद्युत् उत्पादन गर्ने क्षमता राख्छ । सोलारबाट बिजुली उत्पादन गरेर सञ्चालित विद्युतीय बस चार्जिङ स्टेसन नेपालको सबैभन्दा ठूलो हो ।

 

सिस्टम चेकिङ, टेस्टिङ र कमिसनिङ सफल भएसँग चार्जिङ स्टेसन लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरिएको हो । अहिले स्थानीय स्तरमा चलिरहेका इलेक्ट्रीक रिक्सा यहाँ चार्ज गर्न आउन थालेको विकास कोषले जनाएको छ ।

 

यहाँ एक पटकमा १६ वटा गाडी चार्जर गर्न मिल्ने बनाइएको छ । यहाँ जडान भएका १६ मध्ये १३ वटा चार्जर ७ किलोवाट क्षमताका छन् । ३ वटा भने फास्ट चार्जर जडान हुन् । यी तीनवटा चार्जरले ८० किलोवाट आवर सपोर्ट गर्ने एउटा साधन, ४० किलोवाट आवर सपोर्ट गर्ने दुईवटा साधन एकैपटक चार्ज गर्न मिल्ने छ ।

 

यहाँ एकै पटक ७५ वटा इलेक्ट्रीक रिक्सा चार्ज गर्न मिल्ने प्वाइन्ट बनाइएको छ । त्यस्तै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नौवटा चार्जिङ प्वाइन्ट राखिएको छ । एयरपोर्टमा ८० किलोवाट आवर क्षमता र ४० किलोवाट आवर क्षमताको सवारीसाधनका लागि ८ वटा चार्जर राखिएको छ  ।

 

एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत चार्जिङ स्टेसन निर्माण गरिएको हो । यसलाई जापानको इसाका इलेक्ट्रीक कम्पनीले निर्माण गरेको हो । तस्वीर : दी काठमाडौं पोष्ट

चीनले ओलम्पिक्समा ड्राइभरविहीन बुलेट ट्रेनबाट यात्रु ओसार्ने Read Previous

चीनले ओलम्पिक्समा ड्राइभरविहीन बुलेट ट्रेनबाट यात्रु ओसार्ने

मापदण्ड पालना गरी व्यवसाय निरन्तर चलाउन दिन पर्यटन व्यवसायीको माग Read Next

मापदण्ड पालना गरी व्यवसाय निरन्तर चलाउन दिन पर्यटन व्यवसायीको माग