बेइजिङ । बेइजिङले ड्राइभरविहीन ‘फुक्सिङ’ नामको नयाँ बुलेट ट्रेन अनावरण गरेको छ । यसै ट्रेनमार्फत हिउँदे ओलम्पिक्सको दौरान यात्रुहरूलाई ओसारिने भएको छ ।
यस ट्रेनले २१७ माइल प्रति घन्टाको गतिमा ओलम्पिक्स स्थलहरूदेखि राजधानी बेइजिङ र झाँगजियाकोउ सहरसम्म ओसारप्रसार गर्नेछ । यसमा पत्रकारहरूका लागि पूर्ण अत्याधुनिक उपकरणयुक्त प्रसारण स्टुडियोको पनि व्यवस्था गरिएको छ । ओलम्पिक्स खेलकुदलाई मध्यनजर राख्दै बेइजिङका सम्पूर्ण गन्तव्यहरू हटाइएका छन् । यसको आठवटा डिब्बाको एक पटकमा ५६४ जना यात्रु बोक्ने क्षमता रहेको छ ।
यसले यात्रुहरूलाई बेइजिङ र झाँगजियाकोउ सहरको भूउपग्रह स्थलबीचको १०८ माइल दुरी तय गर्न सहयोग गर्नेछ । चीनको समाचार एजेन्सी सिन्ह्वाले भनेको छ, ‘यसमा ५ जी लिङ्क गरिएको प्रसारण स्टुडियोको व्यवस्था छ । बेइजिङबाट ओलम्पिक्स गन्तव्य सम्म पुग्न मात्र पचास मिनेट लाग्नेछ । अन्य नियमित एक्सप्रेस ट्रेनबाट भने सोही यात्रा पूरा गर्न तीन घन्टा लाग्दछ ।’
सरकारी मिडिया आउटलेट सीजीटीएनकाअनुसार २०१८ मा सुरु भएको यसको रेलमार्ग निर्माण कार्य २०१९ मा सम्पन्न भएको थियो ।याहु