एसियन लाइफ इन्स्योरेन्सको लाभांश स्वीकृत, बोनस र नगद कति ?

काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश स्वीकृत भएको छ । बीमा क्षेत्रको नियामक निकाय बीमासमितले एशियनले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको हो ।

 

एसियनले आव २०७६/७७ को नाफाबाट २५५ बोनस सेयर र कर प्रयोजनसहित २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

 

समितिबाट लाभांश प्रस्ताव पारित भएसँगै अब कम्पनीलाई उक्त प्रस्ताव वार्षिक साधारण सभामा लैजाने छ । सभाबाट परित भएपछि मात्र सेयरधनीले पाउने छन् ।

 

हाल २ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको बोनस वितरणपछि चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

मापदण्ड पालना गरी व्यवसाय निरन्तर चलाउन दिन पर्यटन व्यवसायीको माग Read Previous

मापदण्ड पालना गरी व्यवसाय निरन्तर चलाउन दिन पर्यटन व्यवसायीको माग

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी Read Next

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी