अलफ्ट होटेलमा भायानेटको १ जीबी स्पीडको इनटरनेट

काठमाडौं । भायनेट कम्युनिकेसन्सले हालै विश्व प्रसिद्ध फिल्म निर्माण टोलीलाई ४५ दिनको अवधिको लागी १ जीबी डेडिकेटेड इन्टरनेट जडान प्रदान गरेर महत्त्वपूर्ण बेन्चमार्क हासिल गरेको छ । यो नेपालको डेडिकेटेड इन्टरनेटको लागि पनि ठूलो खबर हो ।

 

काठमाडौंको अलफ्ट होटेलमा विश्व प्रसिद्ध ओटीटी फिल्म निर्माण टोलीको लागि भायानेटको इन्टरनेट सफल प्रयोग गरिएको हो । नेपालभरि व्यवसायिक र व्यक्तिगत प्रायोजनको लागी उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स प्रालिले नेपाली ग्राहकसंगै अब विश्व स्तरिय ग्राहकको ध्यान समेत तानेको छ ।

 

विगत लामो समयदेखि भायानेट एलोफ्ट काठमाडौंको लागि प्राथमिक इन्टरनेट सेवा प्रदायकको रूपमा सेवा दिँदै आएको छ । सुरुमा, भायनेट इन्टरप्राइज सपोर्ट, हस्पिटालिटी सेक्शन टोलीलाई अलफ्ट काठमाडौंले आफ्नो ग्राहकको इन्टरनेट ब्यान्डविथ अपग्रेड गर्न सम्पर्क गरेको थियो । फलस्वरूप, भायनेट टोलीले प्रत्यक्ष स्वीच र १० जी पोर्ट स्विच मार्फत इन्टरनेट उपलब्ध गराउने विकल्प रोज्यो ।

 

Juniper-EX2300-24T  इन्टरनेट गति प्रदान गर्न प्रयोग गरिएको स्विच थियो । भायनेटको सपोर्ट टोलीले मे २४, २०२१ मा १ जीबी परीक्षण चरण सफलतापूर्वक पूरा गर्यो । एलोफ्ट काठमाडौंका अनुसार फिल्म निर्माण टोलीले अन्य विभिन्न नेपाली आईएसपीहरूसँग काठमाडौंका अन्य प्रमुख होटलहरूमा पनि जडान परीक्षणको प्रयास गरेको थियो ।

 

तीन महिनाको सफल परीक्षण पछि, फिल्म निर्माण टोलीले अगस्ट २०, २०२१ मा लिङ्क उपलब्ध गराउन आग्रह गर्यो । फिल्म निर्माण टोलीले अक्टोबर ३, २०२१ सम्म भायनेट इन्टरनेट सेवा प्रयोग गरेको थियो। अलफ्ट काठमाडौंका अनुसार निर्माण टोलीले ठूला फाइलहरू केन्द्रिय सर्भरमा ट्रान्सफर र गर्न १ जीबी स्पिड इन्टरनेट प्रयोग गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि, नेपालमा कस्तो पर्ला असर ? Read Previous

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि, नेपालमा कस्तो पर्ला असर ?

सेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी Read Next

सेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी