नेपाल लाइफको सिनियर डीसीईओमा प्रवीण रमण पराजुली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । उनले पुस २५ देखि कार्यभार सम्हालेका हुन् ।

 

पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए । संस्थागत सुशासनलाई प्राथमिकतामा राखि कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको बताउँदै, यसलाई अवसर र त्यो भन्दा बढी चुनौतीको रुपमा लिएको बताए । ‘अब मैले नेपाल लाइफको नम्बर १ कम्पनीको छवीलाई हरेक सूचकांकमा अझ बलियो सावित गर्नुपर्ने चुनौती रहेको छ,’ नवनियुक्त सिनियर डीसीईओ पराजुलीले बताए ।

 

पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा सीइओ थिए ।

माघदेखि लागू हुने गरी बढ्यो ट्याक्सी भाडा, अब चढ्ने बित्तिकै कति तिर्नुपर्छ ? Read Previous

माघदेखि लागू हुने गरी बढ्यो ट्याक्सी भाडा, अब चढ्ने बित्तिकै कति तिर्नुपर्छ ?

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि, नेपालमा कस्तो पर्ला असर ? Read Next

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि, नेपालमा कस्तो पर्ला असर ?