एनएमबी बैंकको २६ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाडौं । एनएमबी बैंकको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीको उपस्थितिमा पुस २२ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौंमा साधरण सभा सम्पन्न भएको हो ।

 

एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका सेयरधनीहरुले आ-आफ्नो विचार समेत व्यक्त गरेका थिए ।

 

उक्त वार्षिक साधारण सभाद्वारा आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्त पूँजीको १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागि समेत) पारित गरेको छ ।

 

साधारण सभाद्वारा स्वीकृत बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ असारसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप १६६ अर्ब र कर्जा . १५८ अर्ब रुपैयाँ रहेको छ ।

 

दी फिनान्सियल टाईम्स, लण्डनद्वारा ‘बैंक अफ दि इयर नेपाल एशिया २०२१’ र ‘बैंक अफ दि इयर नेपाल २०२१’ बाट यस बैंकलाई सम्मानित गरेको छ । बैंकले २०१७, २०१८, २०२० र २०२१ गरि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

 

एनएमबी बैंकले हाल २०१ वटा शाखा, १३८ एटीएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

नेप्सेको सीईओको लागि ५ जनाको नाम सर्टलिस्ट, कसले मार्ला बाजी ? Read Previous

नेप्सेको सीईओको लागि ५ जनाको नाम सर्टलिस्ट, कसले मार्ला बाजी ?

भारती कम्पनीले पायो डाँडाखेत-राहुघाट प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता Read Next

भारती कम्पनीले पायो डाँडाखेत-राहुघाट प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता