नेप्सेको सीईओको लागि ५ जनाको नाम सर्टलिस्ट, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का चयनको लागि ५ जनाको नाम सर्टलिस्ट गरिएको छ ।

 

नेप्सेको सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा गठित सिफारिस समितिले आवेदन दिएका ११ जनामध्येबाट मूल्यांकनका आधारमा उत्कृष्ट ५ जना छनोट गरेको हो ।

 

समितिका अनुसार छनोट भएका उम्मेदवारहरुमा कृष्णबहादुर कार्की, केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र रमेशकुमार भण्डारी रहेका छन् ।

 

आवेदकहरूको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणबाट प्राप्ताङ्कको प्राथमिकताका आधारमा सर्ट लिस्ट गरिएको समितिले जनाएको छ ।छनोटमा परेका उम्मेदवारहरुका लागि आइतबार बिहान र साँझ कार्यपत्र प्रस्तुतीकरणको मिति तय गरिएको छ ।

 

सीईओका लागि नेप्सेका हालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल, उपप्रबन्धक प्रविन पन्दाक, जीवन अमगाई, डा. रमेशकुमार भण्डारी,केशव कुमार श्रेष्ठ, रमेश घिमिरे, कृष्ण बहादुर कार्की, दीपक गौतम, गोविन्दप्रसाद दाहाल, बद्रीप्रसाद प्याकुरेल, र छवीराज पन्तले आवेदन दिएका थिए ।

 

श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका पूर्व सीईओ चन्द्रसिंह साउदले आफ्नो कार्यकाल सकिन एक महिनाअघि राजीनामा दिएका थिए । साउदले राजीनामा दिएपछि उक्त पद रिक्त छ ।

६ महिनाभित्र सबै लाइसेन्स छापिसकिने, दैनिक १० हजार प्रिन्ट हुँदै Read Previous

६ महिनाभित्र सबै लाइसेन्स छापिसकिने, दैनिक १० हजार प्रिन्ट हुँदै

एनएमबी बैंकको २६ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित Read Next

एनएमबी बैंकको २६ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित