काठमाडौं । बैंकिङ प्रणालीमा पछिल्लो एक सातामै १४ अर्ब निक्षेप थपिएको छ । चरम तरलता अभाव झेलिरहेका बैंकहरुमा पुस तेस्रो साता १४ अर्ब निक्षेप थपिएको हो ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार पुस १० गतेदेखि १६ गतेको अवधिमा बैंकिङ प्रणालीमा उक्त निक्षेप थपिएको हो । पुस पहिलो साता जम्मा २ अर्ब निक्षेप थपिएको सिथयो भने दोस्रो साता ४ अर्ब बाहिरिएको थियो । पुस तेस्रो सातासम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ४९ अर्ब रुपैयाँ रहेको छ ।

निक्षेप बढेसँगै कर्जा विस्तार पनि वृद्धि भएको छ । पुसको सुरुको दुई सातामा जम्मा ४ अर्ब ऋण लगानी गरेका बैंकहरुले तेस्रो सातामा ११ अर्ब कर्जा प्रवाह गरेका छन् ।
पुस तेस्रो सातासम्म बैंकहरुले कुल ४० खर्ब ९९ अर्ब कर्जा लगानी गरेका छन् । गत असार मसान्त सम्ममा वाणिज्य बैंकहरुले ४२ खर्ब १ अर्ब निक्षेप संकलन गरी ३७ खर्ब २१ अर्ब कर्जा लगानी गरेका थिए ।