एप्पल बन्यो भारतको अर्थतन्त्रभन्दा ठूलो बजार मूल्य हुने विश्वकै पहिलो कम्पनी

काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पल ३० खर्ब अमेरिकी डलर बजार मूल्य भएको विश्वकै पहिलो कम्पनी बनेको छ । एप्पलको सेयर मूल्य बढेर बजार मूल्य ३० खर्ब डलर पुगेसँगै नयाँ रेकर्ड राखेको हो ।

 

अमेरिकी स्टक एक्सेन्चको तथ्यांक अनुसार नयाँ वर्षको पहिलो दिन एप्पलको सेयर ३ प्रतिशतले बढी १८९.८८ अमेरिकी डलर पुगेको थियो । यो हालसम्मको सबैभन्दा उच्च स्तर हो । यद्यपि, मार्केट बन्द हुनु अघि यसमा थोरै गिरावट आयो ।

 

तीन वर्ष अघि कम्पनीको बजार मूल्य १० खर्ब थियो । पछिल्लो दुई वर्षमै कम्पनीको बजार मूल्य तेब्बरले बढेको हो । अर्थात्, २ वर्षमा एप्पलको बजार मूल्य २० खर्ब डलर थपिएको हो ।

 

एप्पलको बजार मूल्य भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आकारभन्दा पनि ठूलो हो । हाल भारतीय अर्थतन्त्रको आकार २६ खर्ब डलर रहेको छ । एप्पलको समग्र बजार मूल्य विश्वका प्रमुख १० ठूला अर्थतन्त्र भएका मुलकमध्ये ६ वटा देश बेलायत, भारत, फ्रान्स, इटाली क्यानडा र दक्षिण कोरियाको भन्दा ठूलो हो ।

 

समाचार एजेन्सी रोयटर्सका अनुसार कम्पनीका भर्चुअल रियालिटी तथा स्वचालित कारलगायत सबैभन्दा बढी बिक्री हुने उत्पादनका कारण लगानीकर्ताहरु आकर्षित भएका हुन् ।

 

एप्पल कोभिड तथा लकडाउनमा सबैभन्दा बढी कमाउनेमध्ये एप्पल परेको छ । लकडाउनमा विशेषगरी मानिसहरु स्मार्टफोन, ट्याबलेट तथा ल्याउपटमा निर्भर रहेकोले यस्ता उत्पादनको माग बढेको थियो ।

 

एप्पलको विशेषगरी आइफोनले विक्रीको आधा हिस्सा ओगटेको छ । जबकी यसको आइप्याड, म्याक तथा ट्यावलेटको कारण बढी चर्चामा छ ।

 

लकडाउनमा रहेको एउटा शहर, जहाँ सामान अभाव भएपछि चुरोटसँग तरकारी साटियो Read Previous

लकडाउनमा रहेको एउटा शहर, जहाँ सामान अभाव भएपछि चुरोटसँग तरकारी साटियो

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी