सानिमा बैंकको शाखा धादिङ्गको मलेखुमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले धादिङ्गको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

 

उक्त शाखाको मंगलबार सानिमा बैंकका संचालक बलराम पराजुली, ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा उद्घाटन गरे ।

 

मह जोडीले धादिङ्गको मलेखुमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

 

त्यसैगरी सानिमा बैंकका संचालक बलराम पराजुलीद्वारा  बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

 

सानिमा बैंकको देशका सातै प्रदेशमा ११९ कार्यालय र ९७ वटा एटीएम संचालनमा रहेका छन् ।

लक्ष्मी बैंकको एक्स्टेन्सन काउण्टर लगानी कोषको भवनमा Read Previous

लक्ष्मी बैंकको एक्स्टेन्सन काउण्टर लगानी कोषको भवनमा

लकडाउनमा रहेको एउटा शहर, जहाँ सामान अभाव भएपछि चुरोटसँग तरकारी साटियो Read Next

लकडाउनमा रहेको एउटा शहर, जहाँ सामान अभाव भएपछि चुरोटसँग तरकारी साटियो