लक्ष्मी बैंकको एक्स्टेन्सन काउण्टर लगानी कोषको भवनमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो दशौं ंएक्स्टेन्सन काउण्टर काठमाडौंको नयाँ बानेश्वर स्थित नागरिक लगानी कोषको नयाँ भवनमा स्थापना गरेको छ ।

 

यस नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ५० जिल्लामा १३८ शाखा, १० एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

 

यसको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

 

यो एक्स्टेन्सन काउण्टरको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, एटीएम, इन्टरनेट बैंकिङ्ग वा मोबाइल बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक महानुभावलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

 

प्रभावकारी बन्दै विमानस्थलमा सञ्चालित सटल बस सेवा, यात्रुलाई निकै सहज Read Previous

प्रभावकारी बन्दै विमानस्थलमा सञ्चालित सटल बस सेवा, यात्रुलाई निकै सहज

सानिमा बैंकको शाखा धादिङ्गको मलेखुमा Read Next

सानिमा बैंकको शाखा धादिङ्गको मलेखुमा