युनिलिभरको म्याद नाघेको ७३ टन चियापत्ती नष्ट

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–३ स्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरको म्याद नाघेको साढे ७३ टन चियापत्ती आज नष्ट गरेको छ ।

 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाले सो म्याद नाघेको चियापत्ती हेटौँडा उपमहानगरपालिका–१० स्थित फोहर विसर्जन गर्ने ठाउँमा पुरेको हो ।

 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको अगुवाइमा स्थानीइ प्रशासनले गत भदौ १५ गते हेटौंडा उपमहानगरपालिका–३ स्थित युनिलिभर नेपाल लिमिटेडको चिया प्रशोधन केन्द्रबाट उक्त चिया बरामद गरेको हो । उद्योग अनुगमनका क्रममा प्रशोधन केन्द्रबाट म्याद गुज्रिएका र लेबल स्पष्ट नभएको चियापत्ती फेला पारेको थियो ।

 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च तथा सञ्चारकर्मीको रहोवरमा चिया नष्ट गरेको हो । नष्ट गरेको चियापत्ती झण्डै १ करोड ८० लाख रुपैयाँ बराबरको रहेको बताइएको छ ।

ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी विरुद्ध १ अर्ब २० करोड राजस्व छलीको मुद्दा Read Previous

ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी विरुद्ध १ अर्ब २० करोड राजस्व छलीको मुद्दा

८ बैंकको १५ लघुवित्तमा १० प्रतिशत बढी 'क्रस होल्डिङ' यी लघुवित्त मर्जरमा जानैपर्ने Read Next

८ बैंकको १५ लघुवित्तमा १० प्रतिशत बढी 'क्रस होल्डिङ' यी लघुवित्त मर्जरमा जानैपर्ने