इपीएसमार्फत दक्षिण कोरिया गएका कामदारको भिसा अवधि १ वर्ष थप

काठमाडौं । इपीएसमार्फत दक्षिण कोरिया गई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ ।

 

दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म प्रवेशाज्ञा सकिन लागेका नेपाली श्रमिकसहित त्यहाँ रहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो ।

 

त्यहा श्रम गर्न जाने श्रमिकले सुरुमा ३ वर्षसम्मको प्रवेशाज्ञा पाउने गर्छन् । उक्त अवधि सकिएपछि पुनः एक वर्ष १० महिना थप गरी ४ वर्ष १० महिना प्रवेशाज्ञा पाउने नियम छ तर पछिल्लो वर्ष कोरोना महामारीका कारण कोरियाले आवश्यक मात्रामा प्रवासी मजदुर भित्र्याउन नसकेकाले यहा रहेका प्रवसी मजदुरलाई राहत मिलेको छ ।

 

प्रवेशाज्ञा तीनवर्षे अवधि वा चार वर्ष १० महिनाको अवधि सकिन लागेकालाई मात्र थपिएकोे प्रवासी श्रमिक युनियन (एमटीयु)ले जनाएको छ ।

 

यसरी प्रवेशाज्ञा थपिने भएपछि ३ वर्षको अवधि सकिने तथा हाल चार वर्ष १० महीनाको अवधि सकिने सम्पूर्ण श्रमिकको कोरिया बसाइँ अवधि ५ वर्ष १० महिना हुनेछ । ३ वर्षको कार्यकाल सकिने श्रमिकले १ वर्ष थपेर चार वर्ष पूरा गरेपछि पुनःपहिलेकै नियमानुसार एक वर्ष १० महिनाको प्रेवेशाज्ञा थप्न सक्नेछन् ।

 

यो निर्णयले दक्षिण कोरियामा अझै थप बसेर श्रम गर्दै कमाउँछु भन्नेका लागि अवसर मिलेको छ भने नेपाललगायत अन्य देशमा रहेर सम्पूर्ण प्रक्रिया पूरा गरी कोरिया जान पर्खिरहेकामा भने कोरोनाका कारण प्रक्रिया अझै लम्बिन सक्ने देखिएको छ ।

जुम्ला-जाजरकोट सुरुङमार्गको सम्भाव्यता अध्ययनका सुरू Read Previous

जुम्ला-जाजरकोट सुरुङमार्गको सम्भाव्यता अध्ययनका सुरू

वाग्मती ब्यूटिफिकेसनको काम १ वर्षपछि पुनः सुरू, अघि बढ्यो म्याद थप प्रक्रिया Read Next

वाग्मती ब्यूटिफिकेसनको काम १ वर्षपछि पुनः सुरू, अघि बढ्यो म्याद थप प्रक्रिया