काठमाडौं । चिनियाँ ह्याकरले बैंक तथा वित्तीय संस्थाको एटिएमबाट ठूलो परिमाणको रकम लुटपाट गरेपछि केन्द्रीय बैंकले कार्डबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको छ ।
नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै डेबिट कार्डबाट न्यूनतम प्रतिकरोवार ५ हजारदेखि अधिकतम २० हजार रुपैयाँ मात्रै नगद झिक्न पाइने व्यवस्था गरिएको जनाएको छ ।
यस्तै प्रतिदिन अधिकतम ६० हजार रुपैयाँभन्दा बढी नगद झिक्न नपाइने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले नगद व्यवस्थापन, भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको सीमा घटाउन यस व्यवस्थाले बाधा पुर्याएको नमानिने निर्देशनमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाले जारी गर्ने र ग्रहण गर्ने फरक संस्था भई डेबिट कार्डबाट रकम झिक्दा प्रतिकारोवार न्यूनतम ५ हजारदेखि २० हजारसम्म नगद झिक्न सक्ने व्यवस्था गरिएको केन्द्रीय बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।