सौर्य एयरलाइन्सको जहाजभित्र चाउचाउको कार्टुनमा ५० लाख नगद भेटिएपछि…

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको ५० लाख रुपैयाँ नगदसहित सौर्य एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ ।

 

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको ५० लाख नगदसहित मोरङको विराटनगर महानगरपालिका–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

 

विराटनगरबाट काठमाडौँ आउँदै गरेको सौर्य एअरलाइन्सको जहाजमा सोही एयरलाइन्सका विराटनगर स्टेशन इन्चार्ज प्रकाश पौडेलले सुरक्षा जाँचसमेत नगरी झोला राखेको सूचनाका आधारमा काठमाडौँमा जाँच गर्दा रातो रङको ब्यागभित्र चाउचाउको कार्टुनमा उक्त नगदसहित उनलाई पक्राउ गरिएको हो ।

 

पोखरेल सौर्य एयरलाइन्समा एसिसटेन्टका रुपमा कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीसँग १ हजारका दरले ४ हजार ९०० थान र पाँच सयका दरका १०० थान गरी रु ५० लाख नगद बरामद गरेको हो ।

 

बरामद रकमसहित पोखरेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

जहाँ पर्यटक तान्न ३ करोड खर्चेर बनाइयो ‘अम्रेला स्ट्रिट’ Read Previous

जहाँ पर्यटक तान्न ३ करोड खर्चेर बनाइयो ‘अम्रेला स्ट्रिट’

सुख, सुविधा त्यागेर कृषिमा होमिएका 'ब्रिटिस लाहुरे' देउकुमार, जसले पूर्वमा फैलाउँदै छन् किवी खेती Read Next

सुख, सुविधा त्यागेर कृषिमा होमिएका 'ब्रिटिस लाहुरे' देउकुमार, जसले पूर्वमा फैलाउँदै छन् किवी खेती