नेपाली आकाशमा ७ वटा जहाज घुमेकोघुम्यै, २२ फन्को मार्दा समेत हुन सकेनन् ल्याण्ड

काठमाठौं । नेपाली आकाशमा विदेशबाट आएका ७ वटा जहाजले फन्को मारिरहेका छन् । बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी कम हुँदा ती जहाजहरु ल्याण्ड हुन नसक्दा आकाशमै फन्को मारिरहेका हुन् ।

 

त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी कम हुँदा विमानस्थलमा उडान र अवतरण दुवै हुन सकेको छैन ।

 

भिजिबिलिटीका कारण (बिहान ९ः५० बजेसम्म)अवतरण हुन नसकेपछि खाडी मुलुकबाट आएका ७ वटा जहाज सिमराको आकाशमै फन्को लगाइरहेका हुन् । तीमध्ये केही जहाजले २ घण्टाबढी फन्को लगाइसकेका छन् ।

 

कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुईवटा (जेजेडआर १५४१ र जेजेडआर ५३९) जहाजले विहान साढे ७ बजेदेखि आकाशमै फन्को लगाइरहेका छन् । यी जहाजले नेपाली आकाशमा २२ फन्को लगाइ सकेका छन् ।

 

त्यस्तै, ल्याण्ड हुन नसकेर कतारको दोहाबाट आएको नेपाल एयरलाइन्स, हिमालयन एरलाइनस र कतार एयरलाइन्सको जहाज, दुबईबाट आएको हिमालयन एयरलाइन्स र फ्लाइ दुबइको जहाजले आकाशमै फन्को लगाइरहेका छन् ।

६५० बढी इँटा उद्योग बन्द, माग धान्न मुस्किल Read Previous

६५० बढी इँटा उद्योग बन्द, माग धान्न मुस्किल

भारतमा रहेको आइफोन प्लान्टलाई एप्पलले ‘परीक्षण’ सञ्चालन गर्ने Read Next

भारतमा रहेको आइफोन प्लान्टलाई एप्पलले ‘परीक्षण’ सञ्चालन गर्ने