काठमाडौं । बाक्लो कुहिरोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र बाह्य उडान प्रभावित भएको छ । भिजिबिलिटी शून्य भएपछि त्रिभुवन विमानस्थलबाट उडान र अवतरण दुवै हुन् नसकेको हो ।
त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी कम हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएका छन् ।
भिजिबिलिटी शून्य भएपछि कुवेतबाट आएको जजिरा एयरलाइन्सका दुईवटा (जेजेडआर १५४१ र जेजेडआर ५३९) जहाज ल्याण्ड हुन नसकेर आकाशमै फन्को लगाइ रहेका छन् । ती जहाजले (बिहान ८ः३० बजेसम्म)आकाश ७ बढी फन्को लगाइसकेका छन्।