नेशनल लाईफले १४.५०% प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । नेशनल लाईफ इन्सुरेन्स कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई १४.५०% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

 

कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको ४१७ औं बैठकले १२% नगद र २.५०% बोनस सेयर गरी कूल १४.५०% लाभांश वितरण गर्ने निर्णय गरेको हो।

 

उक्त लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र सेयरधनीले पाउनेछन्।

 

नेसनल लाइफले आर्थिक वर्ष २०७५/७६ को लाभांश भने घोषणा गर्न बाँकी छ ।

शनिबारदेखि दूधको मूल्य बढ्ने Read Previous

शनिबारदेखि दूधको मूल्य बढ्ने

देश चलाउन रेमिटेन्स पठाउने नेपालीको विदेशमा ज्यान जाने क्रम बढ्दो, १० वर्षमा साढे ७ हजारको मृत्यु Read Next

देश चलाउन रेमिटेन्स पठाउने नेपालीको विदेशमा ज्यान जाने क्रम बढ्दो, १० वर्षमा साढे ७ हजारको मृत्यु