एकैदिन १४०० बढी हवाई उडान रद्द

काठमाडौं । विश्वभर तीव्र गतिमा फैलिरहेको ओमिक्रोनका कारण सोमबार एकैदिन १ हजार ४०० बढी हवाइ उडान रद्ध भएका छन् ।

 

उडान ट्रयाकिङ गर्दै आएको ‘फ्लाइट अवेअर डटकम’ नामक वेबसाइटका अनुसार बढ्दो ओमिक्रोन संक्रमणबीच चिनियाँ र अमेरिकी गन्तव्यका सबैभन्दा बढी उडान रद्द गरिएका हुन् ।

 

फ्लाइट अवेअरका अनुसार केही चालक दलमा कोभिड पोजेटिभ देखिएको तथा केही आइसोलेशनमा बस्नुपरेकोले उडान रद्द गर्नुपरेको हो । हङकङले केही उडानहरुमा कोभिडका केस देखिएको भन्दै सम्पूर्ण उत्तर कोरियाका उडानहरु रद्द गरिसकेको छ ।

 

उडान रद्द गर्दा चिनियाँ र अमेरिकी वायु सेवा कम्पनी सबैभन्दा बढी प्रभावित भएका छन् । शुक्रबारदेखि शुरु भएको क्रिसमसमा ८ हजार भन्दा बढी उडान रद्द भएका छन् । कुल उडानको तुलनामा यो सामान्य भएपनि अन्य समयको तुलनामा बढी भएको हो ।

 

यसले हवाइ क्षेत्रमा अर्बौको नोक्सान हुने देखिएको छ । सोमबार विशेषगरी चिनियाँ कम्पनीहरु चाइना इस्टर्न, एयर चाइनालगायतले सबैभन्दा बढी उडान रद्द गरेका छन् ।

सौन्दर्य व्यवसायमा छाएकी सुस्मा महरा, जसले खोल्दैछिन् नेपालमै कस्मेटिक उद्योग Read Previous

सौन्दर्य व्यवसायमा छाएकी सुस्मा महरा, जसले खोल्दैछिन् नेपालमै कस्मेटिक उद्योग

बेनी-जोमसोम-कोरला सडक : मुस्ताङमा धमाधम कालोपत्र, म्याग्दीमा भने सुस्त Read Next

बेनी-जोमसोम-कोरला सडक : मुस्ताङमा धमाधम कालोपत्र, म्याग्दीमा भने सुस्त