२१ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबार २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ। केन्द्रीय बैंकले बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको हो ।

 

राष्ट्र बैंकले राष्ट्र बैंकले ९१ दिन अवधिको ९ अर्ब १० करोड, १८२ दिन अवधिको १० अर्ब र ३६४ दिन अवधिको २ अर्ब गरी जम्मा २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

 

९१ दिन अवधिको ट्रेजरी बिल आगामी चैत १५ गते परिपक्व हुनेछ भने १८२ दिने बिल २०७९ असार १४ गते र ३६४ दिने बिल २०७९ पुस १२ गतेमा परिपक्व हुनेछ।

 

बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले मंगलबारबार ट्रेजरी बिल जारी गर्नेछ।

 

यसअघि पनि राष्ट्र बैंकले यही मंसिर ५ गते १७ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

ओमिक्रोन फैलिएपछि दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यु Read Previous

ओमिक्रोन फैलिएपछि दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यु

पार्टी बस पुनः संचालनमा, बसभित्रै  डिस्को, बार र रेष्टुरेन्ट सुविधा, कति लाग्छ शुल्क ? Read Next

पार्टी बस पुनः संचालनमा, बसभित्रै डिस्को, बार र रेष्टुरेन्ट सुविधा, कति लाग्छ शुल्क ?