नेपाली विद्यार्थीले बनाए विद्युतीय कार, लागत कति ?

सुदूरपश्चिम । निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चारपाङ्ग्रे विद्युतीय कार निर्माण गरेका छन् ।

 

उक्त विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका हुन् । झण्डै चार महिना लगाएर निर्माण गरिएको कारको निर्माण लागत १ लाख ५० हजार रहेको विद्यार्थीले बताएका छन् । कारको नाम ‘सारअल्फा’ राखिएको छ ।

 

कार निर्माणमा घरपरिवार र विद्यालयबाट सहयोग तथा हौसला मिलेको विद्यार्थी रोहितले बताए । चार वटा ब्याट्री प्रयोग गरिएको कारमा धातुका सामग्री प्रयोग गरिएका छन् ।

 

अर्का विद्यार्थी ऋषिकेशले भने, “अध्ययन सँगसँगै आफूहरुको क्षमतालाई बाहिर ल्याउन यो प्रयास गरेका हौं ।” गुणस्तरीय शिक्षाका लागि पछिल्ला वर्षमा एक्सीस विद्याश्रम अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । रासस

बीमा कम्पनी चम्किँदा नेप्सेमा उछाल, यी २४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

बीमा कम्पनी चम्किँदा नेप्सेमा उछाल, यी २४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नेपालमा कस्मेटिक उद्योग खोल्न कति सम्भव ? Read Next

नेपालमा कस्मेटिक उद्योग खोल्न कति सम्भव ?