काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको पुस ८ गते बसेको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२ प्रतिशत नगद गरी कुल २१.०५२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले घोषणा गरेको यो लाभांश अघिल्लो आर्थिक वर्ष २०७५/७६ कोभन्दा दोब्बर बढी हो । कम्पनीले उक्त आवमा १०.५२ प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन्।