कालिका पावरको लाभांश घोषणा

काठमाडौं । कालिका पावर कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

कम्पनी संचालक समितिको पुस ८ गते बसेको बैठकले गत आवको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश पारित गर्न पुस ३० गते वार्षिक साधरण सभा बोलाउने निर्णय गरेको हो ।

 

सभा कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर, चितवनमा हुने छ । त्यस्तै, सभामा कम्पनीले संस्थापक सेयरधनीबाट ४ जना संचालक निर्वाचन गर्ने एजेन्डा लैजाने भएको छ ।

 

साथै, आर्थिक वर्ष २०७७/७८ को वासलत, नाफा नोक्सान हिसाब पेश स्वीकृत गर्ने, लेखा परीक्षक नियुक्त गर्ने लगायत एजेन्डा लैजाने भएको छ ।

 

कम्प्नीले सभा प्रयोजनका लागि पुस १९ गते बुकक्लोज मिति तोकेका छ । तसर्थ, पुस १८ गते आइतबारसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन पाउनेछन् ।

लाइफ इन्स्योरेन्स नेपालले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा दोब्बर लाभांश Read Previous

लाइफ इन्स्योरेन्स नेपालले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा दोब्बर लाभांश

हेलिकोप्टरबाट डोजर लगेर हिमालको काखमा सडक Read Next

हेलिकोप्टरबाट डोजर लगेर हिमालको काखमा सडक