मध्यभोटेकोशीको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीको प्राथमिक साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

 

बिहीबार कम्पनीको ६ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणको ९० लाख कित्ता, कर्मचारी सञ्चकोषका सञ्चयकर्ताको १ करोड १७ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयको ६० लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीको ६ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको २१ लाख कित्ता र संस्थापकहरुको ३ करोड ६ लाख कित्ता सेयर सूचीकृत गरेको हो ।

 

नेप्सेमा सूचीकृत भएसँगै आगामी आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ । यद्यपि, प्रिसेसनमा कम्पनीको सेयर कारोबार नभएमा सो दिन कारोबार हुने छैन् ।

 

कम्पनीले दोस्रो बजारमा कारोबारका लागि नेप्सेले MBJC संकेत चिह्न प्रदान गरेको छ । भोटेकोशीको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ९४.३९ रुपैयाँदेखि अधिकतममा २८३.१७ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । यही सीमा भित्र रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

 

मध्य भोटेकोशी जलविद्युत् कम्पनीले असोज २० गतेदेखि असोज २५ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर विक्रीमा ल्याएको थियो ।

संघीय संसद भवन निर्माण सुस्त, २ वर्षमा जम्मा ३५ प्रतिशत काम पूरा Read Previous

संघीय संसद भवन निर्माण सुस्त, २ वर्षमा जम्मा ३५ प्रतिशत काम पूरा

इन्टरनेटको स्पीड बढाउने होडबाजी, गुणस्तरमा भने छैन सुधार, कुनको कस्तो छ प्याकेज ? Read Next

इन्टरनेटको स्पीड बढाउने होडबाजी, गुणस्तरमा भने छैन सुधार, कुनको कस्तो छ प्याकेज ?