क्लासिक टेकले एकैपटक माग्यो ६६४ कर्मचारी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले एकैपटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले देशभरि ब्रान्च म्यनेजरदेखि फाइबर टेक्निसियनसम्म ६६४ कर्मचारी मागेको हो ।

 

हाल ७४ जिल्लामा सेवा दिंदै आएको क्लास्सिक टेकले ग्रामिण तथा दुर्गमका इन्टरनेट नपुगेको ठाउँमा समेत आफ्नो सेवा पुर्याउने लक्ष्य राखेको छ । सोही लक्ष्य प्राप्ति गर्न ठूलो संख्यामा कर्मचारी माग गरिएको कम्पनीले जनाएको छ ।

 

कम्पनीले तल्लो तहदेखि माथिल्लो तहसम्मका कर्मचारी मागेको छ । कम्पनीले ब्रान्च म्यानेजर २८ जना ,फ्रन्ट डेस्क अस्सोसिएट ८० जना , डोर टू डोर सेल्स अस्सोसिएट २५० जना, फाइबर सेल्स अस्सोसिएट (बाइक राइडर २०० जना, फाइबर सुपरभाइजर ६२ जना, एचआर म्यानेजर २ जना, कोर्पोरेट म्यानेजर २ , कल सेन्टर अस्सोसिएट ४० जना माग गरेको छ । इच्छुक व्यक्तिले कम्पनीको इमेल [email protected] मा आफ्नो बायोडाटा पठाएर आवेदन गर्न सक्नेछन् ।

 

नेपालमा सन् २००९ देखी सुभाराम्भ भएको कम्पनी १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको छ । दुर्गम क्षेत्रदेखि साना साना गाँउ घरमा थप सेवा विस्तार गर्दै ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न कम्पनीले देशभरि कर्मचारी मागेको हो ।

 

कम्पनीले स्टाफहरुलाई विशेषस सेवा सुविधा दिँदै आएको छ । सामाजिक सुरक्षा कोष (एसएसफ्) मा पनि लागेको र कर्मचारीहरुले राम्रो पहिचान पाउने कम्पनीले बताएको छ।

 

बेसिक सेलरीमा ओभर टाइम , इन्सेन्टिभ, फ्यूल , मर्मत खर्च लगायत अरु खर्च पनि कम्पनीले दिँदै आएको छ । हाल कम्पनीमा १५०० जना कर्मचारी कार्यरत रहेको र सेवा सुविधामा थप प्राथमिकता र जोड दिन कर्मचारी हरुको माग भइ आएको छ ।

 

७ दिनभित्र यी १३ विवरण बुझाउन राष्ट्र बैंकको निर्देशन Read Previous

७ दिनभित्र यी १३ विवरण बुझाउन राष्ट्र बैंकको निर्देशन

व्यापार घाटा चुलिँदै, ५ महिनामै ७ खर्ब नाघ्यो, यी हुन् धेरै आयात भएका १० वस्तु Read Next

व्यापार घाटा चुलिँदै, ५ महिनामै ७ खर्ब नाघ्यो, यी हुन् धेरै आयात भएका १० वस्तु