काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले क्रिसमस अफर ल्याएको छ । एयरलायन्सले माउन्टेन फ्लाइट (पर्वतीय उडान)मा एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा दिने भएको हो ।
एयरलाइनान्सका अनुसार ८ हजार ८४८ रुपैयाँमा एउटा झ्यालपट्टीको एउटा टिकट किन्दा थप १ हजारमा अर्को एउटा टिकट पाइने छ ।
ईसेवाबाट भुक्तानी गर्दा ७०० रुपैयाँ छुट पाइने एयरलाइन्सले जनाएको छ । एयरलाइन्सले हाल हरेक शनिबार पर्वतीय उडान गर्दै आएको छ ।
पर्वतीय उडान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक घण्टाको हुने गर्छ ।