भैंसेपाटीमा अत्याधुनिक मन्त्री निवास निर्माण ६५ प्रतिशत पूरा, चैतसम्म सक्ने लक्ष्य

काठमाडौं । ललितपुरस्थित भैंसेपाटीमा बन्दै गरेको संघिय मन्त्री निवासको ६५ प्रतिशत भौतिक प्रगति भएको छ । मन्त्री निवास निर्माणका क्रममा ७ वटै ब्लकको स्ट्रक्चर निर्माणको काम सम्पन्न भएको विशेष भवन निर्माण आयोजनाले जानकारी दिएको छ ।

 

२७ वटा भवन मध्ये ७ वटा भवनको ढलान पूरा भएको छ भने ७ वटा भवनमा ब्रिक वर्कको काम सम्पन्न भइ इन्टेरियर पार्टसको प्लास्टर समेत पूरा गरिएको छ । भएको छ । त्यस्तै, ६ वटा भवनको मा बाहिरि भागमा प्लास्टर कार्य पूरा भएको छ भने अर्को ६ वटाको भित्रिभागमा वालपुटिङ लगाइसकिएको आयोजनाले जनाएको छ ।

 

अब समग्रमा आयोजनाको ३५ प्रतिशत काम बाँकी रहेको छ । विल्डीङ निर्माणका क्रमा विद्युतीय तथा सेनिटरीको काम ३५ प्रतिशत सम्पन्न भएको छ । एक्स्ट्रनल बाउड्री वाल लगाउने काम ३२ प्रतिशत पूरा भएको छ भने इन्टरनर्ल बाउन्ड्री वालको काम भइरहेको आयोजनाले जनाएको छ ।

 

यस्तै हालसम्म वित्तीयतर्फ ५८ प्रतिशत प्रगति भएको छ । २ वर्ष भित्रै निर्माण सम्पन्न हुने गरी २०७६ असोज २७ गतेबाट सुरु गरिएको निर्माण कोभिड १९ तथा विभिन्न समस्याका कारण समय अवधिमा पूरा हुने सकेको छैन । सरकारले कोभिडकै कारण काम हुन नसकेपछि सम्पूर्ण भौतिक निर्माणका लागि ६ महिना म्याद थप गरेको छ ।

 

निर्माण स्थलमा हाल डेढ सय बढी जनशक्तिले काम गर्दै छन् । कोभिडका कारण लकडाउनमा झण्डै ९ महिना निर्माणले गति लिन सकेको थिएन । सो समयमा थोरै मात्र काम भएको थियो ।

 

संघीय मन्त्री निवासको २०७६ असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । पुलचोक मन्त्री निवास साँघुरो भएकाले भैसैंपाटीमा अत्याधुनिक मन्त्री निवास निर्माण गर्न लागिएको हो । संघीय मन्त्रीको निवाससँगै यहाँ प्रदेश सम्पर्क कार्यालयहरू समेत रहने छ ।

 

दुई भागमा निर्माण भइरहेको निवास क्षेत्रको कुल क्षेत्रफल १२४ रोपनी ६ आना रहेको छ । पहिलो ९६ रोपनी १० आनामा २४ ब्लक मन्त्री निवास, एक राष्ट्रियसभा अध्यक्ष निवास, एक राष्ट्रियसभा उपाध्यक्ष निवास र एक प्रतिनीधिसभाका उपसभामुख गरी २७ ब्लक रहनेछन् ।

 

दोस्रो २७ रोपनी १२ आना क्षेत्रफलमा प्रदेशप्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहनेछ । यहाँ सातवटा ब्लक रहेको छ । प्रत्येक ब्लकमा दुईवटा इकाई रहनेछन् । एउटा प्रदेश प्रमुख र अर्को मुख्यमन्त्रीको लागि हुनेछ । सबै भवनहरू साढे दुई तलाको बन्नेछन् ।

 

संघीय मन्त्री निवासको कुल लागत १ अर्ब ३ करोड ४६ लाख ६८ हजार ४३७ रुपैयाँ (भ्याटसहित) रहेको छ । यस योजना निर्माणको ठेक्का स्रिको हनुमान जेभीले पाएको छ । त्यस्तै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयको कुल लागत ७२ करोड ४७ लाख ९४ हजार ८३४ रुपैयाँ ६५ पैसा (भ्याटसहित) रहेको छ । यसको निर्माण ठेक्का केसी समानान्तर जेभीले पाएको छ ।

 

सम्झौता बमोजिम मन्त्रीहरूको निवास २४ वटा, राष्ट्रिय सभाको अध्यक्षको निवास १, राष्ट्रिय सभाको उपाध्यक्षको निवास १, उपसभामुखको निवास १, इन्टरनल रोड नेटओर्क, बहुउद्देशिय सभाहल १, डीयूडीबीसी कार्यालय भवन १, हेल्थ क्लब १, स्वीमिङपुल १, हेलिप्याड, सुरक्षा जवानहरूको निवास र वाटर ट्याङ्क निर्माण गरिने छ ।

 

सिभिल बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा कम लाभांश Read Previous

सिभिल बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा कम लाभांश

बेनी-जोमसोम सडकको ६५ प्रतिशत काम पूरा, धमाधम कालोपत्र हुँदै Read Next

बेनी-जोमसोम सडकको ६५ प्रतिशत काम पूरा, धमाधम कालोपत्र हुँदै