सिभिल बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा कम लाभांश

काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

बैंकले घोषणा गरेको लाभांश अघिल्लो आर्थिक वर्ष २०७६/७७ को भन्दा ३.१६ प्रतिशत कम हो । बैंकले सो आवमा ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश दिएको थियो ।

 

प्रस्तावि लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

अर्थतन्त्र संकटमा पर्न थालेको भन्ने प्रचार ‘नियोजित हल्ला’ हो : अर्थमन्त्री Read Previous

अर्थतन्त्र संकटमा पर्न थालेको भन्ने प्रचार ‘नियोजित हल्ला’ हो : अर्थमन्त्री

भैंसेपाटीमा अत्याधुनिक मन्त्री निवास निर्माण ६५ प्रतिशत पूरा, चैतसम्म सक्ने लक्ष्य Read Next

भैंसेपाटीमा अत्याधुनिक मन्त्री निवास निर्माण ६५ प्रतिशत पूरा, चैतसम्म सक्ने लक्ष्य