काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको पुस २ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले घोषणा गरेको लाभांश अहिलेसम्मकै धेरै हो भने अघिल्लो आर्थिक वर्ष २०७६/७७ कोभन्दा २.२६ प्रतिशत बढी हो । कम्पनी सो आवमा ३ प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।