रिलायन्स फाइनान्सले घोषणा गर्‍यो ६ वर्ष यताकै धेरै लाभांश

काठमाडौं । रिलायन्स फाइनान्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

 

कम्पनी सञ्चालक समितिको पुस २ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

कम्पनीले घोषणा गरेको लाभांश पछिल्लो ६ वर्ष यताकै धेरै हो । यसअघि कम्पनीले आर्थिक वर्ष भने अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा पनि १५.७९ प्रतिशत लाभांश दिएको थियो । त्यसयता १२.६३ प्रतिशतभन्दा बढी लाभांश दिएको थिएन ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

एनआरएन इन्फ्रास्ट्रक्चरले घोषणा गर्‍यो अहिलेसम्मकै धेरै लाभांश, बोनस र नगद कति ? Read Previous

एनआरएन इन्फ्रास्ट्रक्चरले घोषणा गर्‍यो अहिलेसम्मकै धेरै लाभांश, बोनस र नगद कति ?

जसले सुडानमा खेती गरेको देखेर नेपाल भित्र्याए 'ब्ल्याक कर्न', देशभर खेती फैलाउन बाँड्दैछन् बीउ Read Next

जसले सुडानमा खेती गरेको देखेर नेपाल भित्र्याए 'ब्ल्याक कर्न', देशभर खेती फैलाउन बाँड्दैछन् बीउ