धुलिखेलको ‘चुच्चे ढुंगो’ले तान्दै आन्तरिक पर्यटक, १० रुपैयाँ तिरेर फोटो खिच्नेको भीड

काठमाडौं । हिउँद लागेसँगै काठमाडौं उपत्यका लगायत विभिन्न भेगमा पिकनिक (वनभोज) जानेक्रम सुरू भएको छ । सरकारी तथा निजि संघसंस्था, स्कुल, कलेज, पारिवारिक समूह लगायत पिकनिक जान थालेका हुन् ।

 

पिकनिकको सिजन सुरू भएसँगै बिदाका दिनमा उपत्यका आसपासका पिकनिक स्पट भरीभराउ हुन थालेका छन् । काठमाडौं उपत्यका वरिपरीका घ्याम्पेडाँडा, लाकुरी भञ्ज्याङ, गोदावरी, थानकोट, जर्सिङपौवा, नगरकोट, धुलिखेल लगायत स्थानमा पिकनिक जाने गरेका छन् ।

 

यिनै पिकनिक स्पटमध्ये काभ्रेको धुलिखेल पनि एक हो । कोटेश्वरबाट २५ किलोमिटर दूरीमा रहेको यो पिकनिक स्पट सारासर गाडीमा जाँदा करिब एक घण्टामा पुगिन्छ ।

 

धुलिखेल बजारबाट पूर्व लागेपछि हजार सिँढी आउँछ । ती सिँढी चढेर थुम्कोमा पुगेपछि आउने धुलिखेल नगरपालिका–८ को देविस्थान डाँडा, जहाँ बाह्य तथा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहन्छ । डाँडाको छेउतिर छ चुच्चे ढुङ्गो, जसलाई ‘सेल्फि ढुंगो’ भनेर चिनिन्छ ।

 

सो ढुंगोले धुलिखेल पिकनिक जानेलाई तान्ने गरेको छ । ढुंगो चढ्न र फोटो खिच्नेको भीड नै लाग्ने गरेको छ । शनिबार र बिदाका दिनमा धुलिखेलमा १ हजार बढी आन्तरिक पर्यटक पुग्ने गरेको बताइन्छ ।

 

ढुंगो चढ्न आउनेले धेरै फोहोर गरेपछि विगत २ वर्षदेखि परव्यक्ति १० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

 

३८ अर्ब लिएर घरजग्गा कम्पनीको प्रबन्धक संस्था 'टाप' Read Previous

३८ अर्ब लिएर घरजग्गा कम्पनीको प्रबन्धक संस्था 'टाप'

एनआरएन इन्फ्रास्ट्रक्चरले घोषणा गर्‍यो अहिलेसम्मकै धेरै लाभांश, बोनस र नगद कति ? Read Next

एनआरएन इन्फ्रास्ट्रक्चरले घोषणा गर्‍यो अहिलेसम्मकै धेरै लाभांश, बोनस र नगद कति ?