उडेको ३ मिनेटमै सीता एयरको जहाजको इञ्जिन फेल

लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको जहाजको इञ्जिन तीन मिनेटमै फेल भएको छ । लुक्लाबाट बिहान ८ः२१ मा उडेको’नाइनएन एजेएच’ उक्त जहाजको दायाँ इञ्जिन उडानकै क्रममा फेल भएको प्राधिकरणले जनाएको छ ।

 

विमानको एउटा इञ्जिन फेल भए पनि सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गराइएको नेपाल नागरिक उड्यन प्राधिकरण लुक्लाका इञ्चार्ज इमानाथ अधिकारीले जानकारी दिए । सो जहाजमा चालक दलका तीनजना मात्रै सवार थिए ।

 

काठमाडौंबाट पर्यटक लिएर लुक्ला आएको विमान फर्कदा खाली फर्किएको नागरिक उडड्यन प्राधिकरण लुक्लाले जनाएको छ । प्राधिकरण लुक्लाका प्रमुख अधिकारीका अनुसार उडिसकेपछि इञ्जिन फेल भएकाले दुर्घटनाबाट जोगिएको हो ।

 

जहाज उड्ने समयमा यस्तो भएको भए केही दुर्घटना हुनसक्ने उनको भनाइ छ । क्याप्टेन भरत थापाले उडाएको जहाज बिहान ८ः५१ बजे सकुशल अवतरण गरिएको बताइएको छ ।

सेयर बजारमा सुधार आउने संकेत, ४३ करोडको कारोवार Read Previous

सेयर बजारमा सुधार आउने संकेत, ४३ करोडको कारोवार

स्थानीय तहलाई ११ अर्ब ४० करोड वैदेशिक सहायता Read Next

स्थानीय तहलाई ११ अर्ब ४० करोड वैदेशिक सहायता