काठमाडौं । सेयर बजारमा सुधार आउने संकेत देखिएको छ । मंगलबार दोहोरो अंकले बढेको बजार आज पनि सामान्य अंकले बढेको छ ।
सेयर बजार मापक सूचक नेप्से ३.८७ अंकले बढेर ११९४.७७ विन्दुमा पुगेको छ । आज १६८ कम्पनीको ४३ करोड ६४ लाख ४४ हजार ६८८रुपैयाँको कारोबार भएको छ । १४ लाख २२ हजार ११२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबार भएका ११ वटा समूमध्ये ८ समूहको सूचक बढेका छन् भने बाँकी समूहको सूचक ओरालो लागेका छन् । आज निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २५.२ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि ६.१ अंकले बढेको छ । उत्पादन समूहको सूचक १९.४५ अंकले छटेको छ ।
कारोबार रकमको आधारमा माछापुच्छे बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको ९ करोड ३० लाख ४१ हजार ८९३ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारकै आधारमा नेपाल बैंक र नागरिक लगानी कोष क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । नेपाल बैंकको २ करोड १ लाख र लगानी कोषको १ करोड ९२ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज सबैभन्दा धेरै पाँचथर पावर कम्पनीको सेयर मूल्य करिब ९.२८ प्रतिशतले बढेको छ भने जलविद्येत लगानी कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ३.४२ प्रतिशतले घटेको छ ।