एनएमबीको भिडीयो केवाइसीबाट खाता खोलेर कारोबार गर्दा २५०० फाइदा हुने

काठमाडौं । एनएमबी बैंकले भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाइसी विवरणहरू अपडेट गर्न सकिने योजना ल्याएको छ ।

 

उक्त योजना अन्तर्गत ओम्नि च्यानल (मोबाईल, ईन्टरनेट बैंकिङ्ग) मार्फत गरिने पहिलो कारोबार जस्तै दैनिक उपभोग्य वस्तु खरिद, विद्यायलको शुल्क, टप अप लगायतमा २ हजार ५०० रुपैयाँ १० प्रतिशतसम्म छुट पाइने बैंकले जनाएको छ ।

 

एनएमबी बैंकले भिडीयो केवाइसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । एनएमबी बैंक नेपाली बैंकिङ्ग जगतमै सुरुदेखि अन्त्यसम्मको पूर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक हो ।

 

‘एनएमबीले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको सुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दामाथी उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्दछन । हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोवार सहज बनाउनुको साथै सवै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्धता परिपुर्ति गर्नु रहेको छ,” बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

एनएमबी बैंकले नेपालको मात्र होइन एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ । यस भन्दा अघि २०१७, २०१८, २०२० मा पनि यस बैंकले फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट लगातार तीन वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाइसकेको छ ।

 

एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

 

चामलको मूल्यभन्दा ढुवानी खर्च धेरै ! Read Previous

चामलको मूल्यभन्दा ढुवानी खर्च धेरै !

३४ करोडमा बन्यो प्रधानमन्त्रीको निजी आवास, बंकरसहित यस्ता छन् सुविधा Read Next

३४ करोडमा बन्यो प्रधानमन्त्रीको निजी आवास, बंकरसहित यस्ता छन् सुविधा