एनएमबी बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमााडैं । एनएमबी बैंकले विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

 

बैंकको ब्राण्ड एम्बेसेडर अभिनेता तथा समाजसेवी पल शाहको विषेश उपस्थितिमा बैंकले शनिबार मोरङको बुढीगंगा गाउपालिका स्थित टंकि सिनवारी शाखा र विराटनगरको महेन्द्र चौकस्थित प्रदेश कार्यालयको प्राङ्गणमा वित्तीय साक्षरता सम्पन्न गरेको हो ।

 

एनएमबी बैंकले सन् २००८ देखि नेपाली बैंकिङ क्षेत्रमा निरन्तर आफ्नो दरिलो उपस्थिति जनाउँदै आएको छ । ‘दि बैंक अफ दि इयर एसिया २०२१’ जस्तो विश्व– प्रतिष्ठित अवार्डद्वारा सम्मानित एनएमबीलाई नेपाली वित्तीय क्षेत्रका लागि ठूलो उपलब्धिको रुपमा हेरिएको छ ।

 

यस भन्दा अघि २०१७, २०१८, २०२० मा पनि यस बैंकले फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट लगातार तीन वर्षसम्म ‘बैंक अफ द इयर’ सम्मान पाइसकेको छ ।

 

एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

५० करोड लगानीमा बुटवलमा पहिलो बुटिक होटेल संचालनमा Read Previous

५० करोड लगानीमा बुटवलमा पहिलो बुटिक होटेल संचालनमा

मंसिर २९ गते काठमाडौंमा नव उत्थान सम्मेलन हुने Read Next

मंसिर २९ गते काठमाडौंमा नव उत्थान सम्मेलन हुने