बन्जीजम्प गर्न जाने हो ? कुन ठाउँमा कति लाग्छ खर्च ?

काठमाडौँ । पछिल्ला केही वर्ष यता नेपालमा पर्यटनको दायरा फराकिलो हुँदै गएको छ । सामान्य घुमफिरमा मात्र सीमित हुने पर्यटन अहिले साहसिक खेलको रूपमा समेत विकसित हुँदै गएको छ ।

 

साहसिक पर्यटनको लोकप्रियता विश्वप्रसिद्ध हुँदै गएपछि नेपालमा पनि व्यावसायिक रूपमा सञ्चालन हुन थालेको छ । पछिल्लो समय नेपालमा पनि साहसिक पर्यटन सम्बन्धी पूर्वाधारहरु धमाधम निर्माण हुन थालेका छन् ।

 

स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै नेपालमा जिपलाइन, स्काइ साइक्लिङ, क्यानोनिङ, स्वीङ, बन्जीजम्प, प्याराग्लाइडिङ्ग, अल्ट्रालाइट, रक क्लाइम्बिङ लगायतका साहसिक पर्यटन व्यवसायिक रुपमा संञ्चालन हुने क्रम बढेको छ ।

 

तिनै साहसिक पर्यटन खेलमध्ये एक हो बन्जीजम्प । बन्जीजम्प पुलबाट डोरिको सहायताले हाम फालेर आनन्द लिने साहासिक खेल हो । बन्जी जम्प गर्नका लागि इच्छा मात्र भएर हुँदैन । शारीरिक तथा मानसिक रुपमा समेत अवस्था राम्रो हुनुपर्छ ।

 

बन्जीजम्प नेपालमा करिब २ दशक अघि नै सुरु भएको थियो । भोटेकोशी नदीमा वि.सं. २०५८ सालदेखि बन्जी सुरुआत गरिएको थियो । क्रमशः देशका अन्य स्थानमा पनि बन्जीजम्प संचालनमा आउन थालेका छन् । गत वर्ष मात्र पर्वतको कुश्मामा विश्वकै दोस्रो अग्लो बन्जीजम्म संचालनमा ल्याइएको छ ।

 

हाल नेपालमा भोटेकोशी, पोखरा र कुश्मामा गरी तीन स्थानमा बन्जीजम्प संचालनमा छन् । धेरैको रोजाइमा पर्ने बन्जीजम्म गर्न कति खर्च लाग्छ त ? हामीले यहाँ नेपालमा संचालित ३ स्थानमा रहेका बन्जीजम्म गर्न लाग्ने शुल्कका बारेमा जानकारी दिएका छौं ।

 

कहाँको बन्जीजम्प गर्न कति लाग्छ खर्च ?

 

भोटेकाशसी बन्जीजम्प :  नेपालकै पहिलो यो बन्जीजम्प सिन्धुपालचोक जिल्लाको भोटेकोशी गाउँपालिमा रहेको छ । काठमाडौँबाट सडकमार्ग हुँदै करिब ४ घण्टामा त्यहाँ पुग्न सकिन्छ ।

 

द लास्ट रिसोर्टले २०५८ देखि भोटेकोशीमा बन्जीजम्प सञ्चालन गर्दै आइरहेको छ । भोटेकोशीमाथि हालिएको झोलुङ्गे पुलबाट करिब १६० मिटर तलको खोंचमा छलाङ मार्न सकिन्छ । यो विश्वकै उत्कृष्ट एवं अग्लो बन्जी जम्पमध्येमा पर्छ ।

 

यो पनि पढ्नुहोस् : काठमाडौं वरिपरी ४ जिप लाइन संञ्चालनमा, कुनमा कति छ टिकटको मूल्य ?

 

कम्पनीका सञ्चालक सविन प्रधानका अनुासर बन्जीजम्पको टिकट मूल्य स्वदेशी र विदेशी नागरिकहरुका लागि छुट्टाछुट्टै रहेको छ । कम्पनीका अनुसार बन्जी र स्विमको लागि मात्र नेपालीहरुका लागि ६३०० रुपैयाँ रहेको छ । भारत, चीन र सार्क मुलुकका नागरिकहरुले ९ हजार रुपैयाँ र अन्यदेशका नागरिकले करिब ११ हजार रुपैयाँँमा भोटेकोशीमा बन्जीजम्पकोङ आनन्द लिनसक्ने प्रधान बताउँछन् ।

 

यसैगरी, एक्स्ट्रा बन्जी र स्विमको टिकट मूल्य पनि फरक–फरक रहेको छ । नेपाली नागरिकको प्रतिव्यक्ति ३४०० रुपैेयाँ, सर्कका नागरिकहरुका लागि ३९०० र अन्यदेशका नागरिकले ६५०० रपैयाँ टिकट तिर्नुपर्ने कम्पनीले जनाएको छ ।

 

कुश्मा बन्जी जम्प : पर्वत जिल्लाको सदरमुकाम कुश्मादेखि बागलुङको नारायणस्थान स्थित नेपाने जोड्ने गरी कालीगण्डकीमा निमार्ण गरिएको पुलमा कुश्मा बन्जीजम्प रहेको छ । निजी क्षेत्र इन्टु द वाइल्ड मल्टी प्रपोज प्रालिको लगानीमा निमार्ण गरिएको यो नेपालकै नमूना बन्जीजम्प हो ।

५२० मिटर लम्बाइको पुलमा कुश्मा बन्जीङ जम्पको उचाई २२८ मिटर उचाइ रहेको छ । कम्पनीका अनुसार बन्जी फ्रीफलको समय ४.५ सेकेन्ड र स्विंग फ्रीफलका लागि ८.५ सेकेन्ड समय लाग्छ । बन्जीङ वइट ४० देखि १२० किलोग्राम सम्म हुनुपर्ने छ ।

 

यो विश्वकै दोस्रो अग्लो उचाइ भएको बन्जीङजम्प हो । सबैभन्दा अग्लो बन्जी जम्प चीनको मकाउमा २३३ मिटरको उचाइमा छ ।कुश्मा बन्जीङजम्प राम्रोसँग प्रशिक्षित चालक दलका साथै व्यावसायिक उद्धार विशेषज्ञहरूद्वारा व्यवस्थित गरिएको कम्पनीको भनाइ छ ।

 

उक्त बन्जी जम्म्प पुग्न राजधानी काठमाडौँबाट गाडीमा करिब १ दिनको लाग्छ । कम्पनीका अनुसार नेपालीहरुका लागी बन्जीङ गरेको ७ हजार रुपैयाँ र फोटो,भिडियो टिर्सटको थप १५०० रुपैयाँ टिकट रहेको छ ।

 

पोखरा बन्जीङ जम्प :  गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरामा पनि बन्जी जम्प सञ्चालनमा रहेको छ । सुन्दर गन्तव्य मानिएको पोखरामा बन्जी जम्पले पर्यटकको झनै आकषर्ण बढाएको छ ।कम्पनीका अनुसार बन्जीको दुई प्लेटफर्म रहेको छ । साधारण बन्जीको १०१ मिटर उचाई रहेको छ भने अर्को विशेष जम्पको उचाई १०५ मिटर रहेको कम्पनीका अध्यक्ष सन्तोष भट्टले बताए ।

 

काठमाडौँबाट हवाई जहाज र बसमा समेत पोखरा पुग्न सकिन्छ । उपत्यकाबाट गाडीमा पोखरा पुग्न करिब ६ घण्टा र हवाइ मार्गबाट आदि घण्टा समय लाग्छ ।

 

बन्जी जम्प अनुसार टिकट मूल्य पनि फरक फरक रहेको कम्पनीले जनाएको छ । पहिलो पटक जम्प गरेको ६ हजार रुपैयाँ रहेको छ भने दोस्रो पटक जम्पको ३ हजार रुपैयाँ रहेको छ । त्यसैगरी पहिलो रिपिट जम्पको ४ हजार दोस्रोको २ हजार र तेस्रो रिपिट जम्पको १ हजार रुपैेयाँ रहेको छ ।

यी हुन् ३० प्रतिशतभन्दा धेरै लाभांश घोषणा गर्ने ९ लघुवित्त, कुनको कति ? Read Previous

यी हुन् ३० प्रतिशतभन्दा धेरै लाभांश घोषणा गर्ने ९ लघुवित्त, कुनको कति ?

लुम्बिनी विकास बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

लुम्बिनी विकास बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन