लुम्बिनी विकास बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । लुम्बिनी विकास बैंकको लाभांश पाउन सेयर किन्ने आज (मंसिर २६ गते) अन्तिम दिन रहेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको १३.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

 

बैंकले साधरणसभा प्रयोजनका लागि भोलि (मंसिर २७ गते) बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

 

लुम्बिनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले पुस ९ गते बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा १४ औं वार्षिक साधारण सभा बोलाएको छ ।

 

बैंकले प्रस्ताव गरेको लाभांश वार्षिक साधरण सभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने छन् ।

बन्जीजम्प गर्न जाने हो ? कुन ठाउँमा कति लाग्छ खर्च ? Read Previous

बन्जीजम्प गर्न जाने हो ? कुन ठाउँमा कति लाग्छ खर्च ?

४ महिनामै लगानीकर्ताको १० खर्ब स्वाह ! नेप्से वर्षकै न्यून बिन्दुमा, किन्ने अवसर कि बियरिस ट्रेण्ड ? Read Next

४ महिनामै लगानीकर्ताको १० खर्ब स्वाह ! नेप्से वर्षकै न्यून बिन्दुमा, किन्ने अवसर कि बियरिस ट्रेण्ड ?