काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । थापाले प्रतिद्धन्द्धी करण चौधरीलाई ६६ मतले पराजित रेका हुन् ।
बिहीबार भएको निर्वाचनबाट थापाले १ हजार ४१३ मत पाएका थिए भने अध्यक्षमा पराजित चौधरीले १ हजार ३४७ मत पाएका थिए।
यसपटक नाडाको निर्वाचनमा थापा र चौधरी प्यानलनै बनाएर प्रतिस्पर्धा गरेका थिए । अध्यक्षमा पराजित भए पनि सदस्यमा भने चौधरी प्यानलको वर्चश्व रहेको छ । कुल १७ सदस्यमध्ये चौधरी प्यानलबाट १२ जना विजयी भएका छन् भने थापाको प्यानलबाट ५ जना निर्वाचित भएका छन्।
चौधरी प्यानलबाट मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, विक्रम सिंहानिया, बरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल, राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल र गोपाल भट्टराई सदस्यमा निर्वाचित भएका छन्।
त्यस्तै, थापा प्यानलबाट यमुना श्रेष्ठ, आकाश गोल्छा, निराकार श्रेष्ठ, कपिल शिवाकोटी र प्रदीपमान प्रधान निर्वाचित भएका छन्।