काठमाडौं । पछिल्लो समय आक्रमक रुपमा बजार विस्तार गर्दै आएको भायानेटले ग्राहकलाई आकर्षित गर्न अल्ट्रा–फाई लाइन प्रोडक्टहरु ल्याएको छ ।
ग्राहकहरुको काम गर्ने, पढ्ने र खेल्ने बढ्दो आवश्यकताको लागि उच्च–गुणस्तरको उच्च स्पीड भएको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य पूरा गर्न भायानेटले अल्ट्रा–फाई लाइन प्रोडक्टहरु ल्याएको हो ।
अल्ट्रा–फाई अन्तर्गत, भायानेटले १२५ एमबीपीएस, १७५ एमबीपीएस र २५० एमबीपीएसको तीन वटा प्लान ल्याएको छ । यस सिरिज्को मुख्य प्लान १७५ एमबीपीएसको इन्टरनेट हो । यस प्याकेजमा प्रतिमहिना १२५० रुपैयाँ तिर्दा १७५ एमबीपीएस र इन्टरनेट र २ वटासम्म भायाटीभी हेर्न पाइन्छ ।
यसका साथै यसको साथ भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजहरुमा १००० रिवार्ड अंक प्रदान गर्नेछ । जसले गर्दा अल्ट्रा–फाई सबैभन्दा आकर्षक इन्टनेट प्लान मध्य एक बनेको छ ।
सर्वोत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने आफ्नो लक्ष्य प्रति भायानेट निरन्तर अघि बढिरहेको छ । नयाँ ब्याण्डविथ सपोर्ट गरेर भायानेटले आफ्नो संरचनालाई अपग्रेड गर्नको लागि नोकिया र सी–डाटासँग अपग्रेडेड साझेदारी गरेर डुअल ब्राण्ड ओएनयूएस अप्टिकल नेटवर्क युनिट प्रदान गरिरहेको छ । भायानेटका अनुसार अहिले भायानेटले प्रदान गरिरहेको ओएनयूएस मेश सपोर्ट गर्न सक्षम छ र चाँडै नै आफ्नो ग्राहकहरुको लागि किफायती मेश वाईफाई ल्याउँदै छ ।