३ अर्बको आइपीओ ल्याउन लागेको हिमालयन रि इन्स्योरेन्सले कति कमायो नाफा ?

काठमाडौं । गत वर्षदेखि संचालनमा आएको हिमालयन रिइन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको पौने ५ करोड खुद नाफा कमाएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्म ४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

 

समीक्षा अवधिमा कम्पनीले कुल ७ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ भने खर्च ३ करोड १५ लाख रुपैयाँ छ । इन्स्योरेन्सले असोज मसान्तसम्म ८ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

 

हाल ७ अर्ब चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५ करोड १८ लाख रुपैयाँ संचित छ । यस अवधिमा कम्पनीको दीर्घकालिन लगानी तथा कर्जा ४ अर्ब २५ करोड रुपैया रहेको छ भने अल्पकालिन लगानी तथा कर्जा भने २ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

 

असोज मसान्तसम्म कम्पनीले १ करोड ७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम २९ लाख १० हजार रुपैयाँ छ ।

 

हाल ७ अर्ब चुक्ता पूँजी रहेको कम्पनीले निकट भविष्यमै ३ अर्ब रुपैयाँ बराबरको प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने तयारी गरिरहेको छ ।

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

भायानेटको 'अल्ट्रा-फाइ' अफर : १२५० रुपैयाँमै १७५ एमबीपीएस इन्टरनेट र टीभी Read Next

भायानेटको 'अल्ट्रा-फाइ' अफर : १२५० रुपैयाँमै १७५ एमबीपीएस इन्टरनेट र टीभी