केएफसीको तेह्रौं आउटलेट हेटौंडामा, एकैपटक ४४ जनाले सेवा पाउने

काठमाडौं । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा तेह्रौं शाखा विस्तार गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं २, चौकीटोल स्थित भाटभटेनी भाटभटेनी डिपार्टमेन्टल स्टोरको प्रङ्गणमा नयाँ शाखा खोलेको हो ।

 

यस आउटलेटमा केएफसीका विभिन्न चिकेन परिकार जस्तै हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिनेक स्ट्रिप्सलगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ ।

 

१८८० वर्ग फिटमा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ४४ जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । रेष्टुरेन्टले हाल विहान ९ बजे बाट रातको ८ः३० बजे सम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ ।

 

केएफसीले आफ्ना ग्राहकका लागी विभिन्न स्वादिष्ट परिकारहरुहरु उपलब्ध गराउँदै कोभिड १९ को रोकथामकालागी विश्व स्तरिय सुरक्षा नीति समेत अवलम्बन गरको छ । जसका लागी ४ प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याटलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ ।

 

रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ । केएफसीका कर्मचारीहरुले हरेक ग्राहकलाई सेवा दिए पश्चात आफ्ना हात र झोला निर्मलिकरण गर्ने गर्दछन् ।

 

हरेक ग्राहक बीच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरामा आउने ग्राहक र सेवामा रहेका कर्मचारी बीच समाजिक दुरी कायम राख्न स्टिकर लागयत समानको प्रयोग गरी अझ व्यवस्थित गरिएको छ ।

नेपालमा गाडी उत्पादन गर्ने ठोस प्रस्ताव ल्याउन अर्थमन्त्रीको आग्रह Read Previous

नेपालमा गाडी उत्पादन गर्ने ठोस प्रस्ताव ल्याउन अर्थमन्त्रीको आग्रह

४ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ? Read Next

४ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुनको कति ?