सेयर बजारमा लगातार पहिरो, यी हुन् धेरै मूल्य घट्ने ११ कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । मंगलबार ३७ अंकले घटेको बजार आज ५३ अंकले घटेको हो । पछिल्ला दुई दिनमै नेप्से ८० अंकले घटिसकेको छ ।

 

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४६ करोडले घटेर पौने ३ अर्बमा सीमित भएको छ ।

 

बुधबार सेयर बजार मापक सूचक नेप्से ५३.१० अंकले घटेर २४५५.८१ विन्दुमा आइपुगेको छ । आज २२६ कम्पनीको २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० रुपैयाँ बराबरको ६५ लाख ६० हजार ९४७ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै ३.७३ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक र हाइड्रोपावर समूह पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १२ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, नेपाल टेलिकम पौने ११ करोड र हिमालयन डिस्ट्रीलरी ९ करोडको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा आज सामुदायिक लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ८.५४ प्रतिशत गुमाएका छन् । त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंक ८.३०, ग्रीन डेभलपमेन्ट बैंक, नयाँ सारथी लघुवित्त, सामलिङ पावर र जनउत्थान लघुवित्तको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

त्यस्तै, सिंगटी हाइड्रोपावर, गुराँस लघुवित्त, घलेम्दी हाइड्रो, साहस ऊर्जा र नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ । घट्दो बजारमा आज स्ट्यान्डर्ड चार्टर्डका सेयरधनीले भने सबैभन्दा धेरै १.९४ प्रतिशत कमाएका छन् ।

नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत, बोनस र नगद कति ? Read Previous

नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत, बोनस र नगद कति ?

केरा खेतीले बदलेको सुरेन्द्र चौधरीको जीवन, कसैले ऋण नपत्याउने अवस्थाबाट बने अरुलाई ऋण दिनसक्ने Read Next

केरा खेतीले बदलेको सुरेन्द्र चौधरीको जीवन, कसैले ऋण नपत्याउने अवस्थाबाट बने अरुलाई ऋण दिनसक्ने