सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना

काठमाडौं । सानिमा बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

 

बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

मंगलबार बिहान ९ बजेदेखि साुरु भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे ।

 

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकले हरेक बर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

 

सानिमाले हाल सातै प्रदेशका हाल ११७ वटा कार्यालयहरु र ९७ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

वेस्टर्न युनियनको क्यास उत्सवको बम्पर विजेता घोषणा Read Previous

वेस्टर्न युनियनको क्यास उत्सवको बम्पर विजेता घोषणा

केरा आयातमा रोक लगाउन व्यवसायीको माग Read Next

केरा आयातमा रोक लगाउन व्यवसायीको माग