वेस्टर्न युनियनको क्यास उत्सवको बम्पर विजेता घोषणा

काठमाडौं । वेस्टर्न युनियनले दशैँ, तिहार र छठ लक्षित क्यास उत्सव योजनाको विजेता घोषणा गरेको छ । मंसिर १० गते शुक्रबार आयोजित कार्यक्रममा लक्की ड्र मार्फत सुश्री मस्तकला नेपाली बिक विजेता घोषित भएकी हुन् ।

 

उनले वेस्टर्न युनियनको नेपालमा रहेका ७ वटा मुख्य एजेन्ट मध्य नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैँकबाट कारोबार गरेकी थिइन् । उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सूर्यबहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर केसीले संयुक्त रुपमा ५ लाखको चेक हस्तान्तरण गरेका थिए ।

 

दशैँ, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कार्तिक २५ सम्म लागु गरिएको थियो । यस योजनामा ८ हप्तासम्म हरेक हप्ता ५ भाग्यशाली विजेताहरुले २० हजार रुपैयाँ पनि जितिसकेका छन् ।

 

नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट– एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सब– एजेन्ट मार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो ।

 

वेस्टर्न् युनियनका दक्षिण एसिया प्रमुख एसएस रमानाथनले भने, ‘यो क्यासउत्सव योजनामा विजेता बन्न सफल सम्पूर्ण ४१ जना भाग्यशाली विजेताहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु । विदेशमा दुःख गरेर कमाएको पैसा नेपालमा आफ्नो परिवारलाई पठाउनको लागि वेस्टर्न् युनियनलाई भरोसा र विश्वास गरिदिनुहुने सम्पूर्ण नेपालीप्रति म आभारी छु । तपाईंहरुको यो साथ र विश्वासले हामीलाई भविष्यमा अझै राम्रो सेवा प्रदान गर्न प्रोत्साहित गरेको छ ।’

सेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Previous

सेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना Read Next

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना